आदर्श लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आईपीओ ल्याउने

0
Shares

आदर्श लघुवित्तले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने प्रकृया अगाडि बढाउन आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्तव पारित गर्ने भएको छ ।
जसका लागि कम्पनीले असार ३१ गते लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेका लागि बोलाइएको सभाले हाल लघुवित्तको कायम जारी पूँजीको ३० प्रतिशतले हुन आउने शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आदर्श लघुवित्त र अन्य उपयुक्त कुनै लघुवित्त एक आपसमाा गाभ्ने। गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, आव २०७७/७८ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।