नेपाल बैंकको सञ्चालकमा सुमन दाहाल

0
Shares

नेपाल बैंकको सञ्चालक समिति सदस्य (NBL) मा सुमन दाहाल नियुक्त भएका छन् ।

बैंकको रिक्त रहेको उक्त पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भएका हुन् । उनले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंकका सञ्चालक समिति अध्यक्ष मधु कुमार मरासिनीले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

नवनियुक्त सञ्चालक दाहालले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने वचनबद्धता व्यक्त गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।