पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको एक्सनपछि १८८ अंकको गिरावटपछि मंगलबार करिब ८० अंकले बाउन्स ब्याक भएकोमा बुधबार पुन नेप्से ५० अंक बढीले घटेको छ ।
पछिल्लो राजनैतिक घटनाक्रम र बजारमा बुधबार फेरि सूचक घटेपछि लगानीकर्ताहरु सस्तो मूल्यमा मात्र खरीद गर्ने मनोभावमा देखिए ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्राधनमन्त्री केपी शर्मा ओलीको विस्तारित मन्त्रिपरिषद्मा सामेल २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको थियो । यसले पनि बजारमा प्रभाव पारेको देखिन्छ ।
जसका कारण किन्ने र बेच्ने बीच चर्को बार्गेनिङ्गका कारण कारोबार रकम पनि बुधबार घटेको छ । असार १ गतेदेखि घट्न थालेको बजार ८ गते आएर ८० अंकले बढेपनि पुनः आज घटेको छ ।
आज बुधबार नेप्से सूचक १.७७ प्रतिशत अर्थात ५१.६५ अंकले घटेर २८६२ दशमलव १८ बिन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ७.३७ अंकले घटेर ५२८ दशमलव ९७ बिन्दुमा झरेको छ ।
कूल २१८ वटा कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ९१ ह्जार ७५ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रूपैयाँमा समेटिएको हो ।
आज कारोबार भएका कूल १३ समूहका सूचकमध्ये सबै घटेको छ । विकास बैंकको इन्डेक्स साढे ३ प्रतिशतले घटेको छ भने वित्त, जीवन बीमा, र जलविद्युत कम्पनीको इन्डेक्स २ प्रतिशत धेरैले घटेको छ ।

बुधबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ करोड ३३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्स्योरेन्स ४२ करोड, राधी विद्युत ३८ करोड, नेशनल हाइड्रो ३३ करोड, एचआईडिसीएलको ३० करोड बढीको शेयर खरीद बिक्री भएको छ ।
हिमालयन डिष्टिलरी, अरुण भ्याली, नेपाल टेलिकम, ज्योति विकास बैंक, र नबिल बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको १२ करोड बढीको शेयर कारोबार भयो ।
यसदिन राधी विद्युत कम्पनी र ङादी ग्रुप पावरको मूल्य करिब दश प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, र घलेम्दी हाइड्रोपावरको मुल्य ६ प्रतिशतले बढेको छ ।
उता आजको बजारबाट कालिका पावर कम्पनीको शेयरमूल्य ५.६० प्रतिशतले घटेको छ भने नेपाल फाइनजान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलोपर, र अरुण काबेली पावर कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया