डिम्याट खाताको नवीकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको अनुरोध

0
Shares

ग्लोबल आइएमई क्यापिटलले आफ्ना ग्राहकलाई हितग्राही (डिम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

कोभिड संक्रमणको जोखिम कायम नै रहेकाले विद्युतीय माध्यमबाट शुल्क बुझाउने व्यवस्था क्यापिटलले गरेको छ ।  ग्लोबल आइएमई बैंक लिमिटेड तथा शाखा कार्यालयहरु र क्यापिटलका मार्फत डिम्याट खाता खोलेका हितग्राहीले आइएमई पे, इ सेवा वा कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्ने क्यापिटलले जनाएको छ ।

कुनैपनि निक्षेप सदस्यकहाँ हितग्राही खाता सञ्चालन गरेवापत १०० रुपैयाँ र मेरो शेयरको सेवा प्रयोग गरे वापत वार्षिक ५० रुपैयाँ ग्राहले बुझाउनुपर्छ । सोही अनुसार क्यापिटलले आव २०७७/७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क १०० बुझाउन भनेको हो ।

तोकिएको समयावधि अर्थात असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने जनाउँदै क्यापिटलले समयमा नै शुल्क भुक्तानी गर्न अनुरोध गरेको छ ।

यस्तै मेरोशेयर सेवा लिई रहेका हितग्राहीले सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नगरे उक्त सेवा स्वतः बन्द हुने भएकाले सर्वाजनिक निष्काशनमा आवेदन गर्न सक्दैनन् ।

यसकारण क्यापिटलले समय अवधिभित्र नवीकरण शुल्क बुझाएर निर्धक्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।