गरिमा विकास बैंकले एक अर्बको ऋणपत्र बिक्री गर्ने

0
Shares

गरिमा विकास बैंक (GBBL) ले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ११ गते सेबोनमा निवेदन पेश गरेको हो ।

कुल जारी हुने १० लाख कित्ता इकाई ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता इकाई बैंकले ब्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि र लगानीकर्ताले पाउने ब्याजदर भने उल्लेख गरिएको छैन ।

बैंकको उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  १७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।