राष्ट्रिय बीमा संस्थानको कारोबार ३ दिनका बन्द हुने

0
Shares

राष्ट्रिय बीमा संस्थानको प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुको कारोबार ३ दिनका लागि बन्द हुने भएको छ ।

संस्थानले नयाँ सफ्टवेयर लागु गर्न लागेको हुँदा त्यसको लागि डाटा माइग्रेसन कार्य हुने भएकोले कारोबार बन्द हुने भएको हो ।

कम्पनीले २०७८ असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द रहने जनाएको छ ।

कम्पनीले थप जानकारी आवश्यक परेमा प्रधान कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।