एनआईसी एशिया बैंक लिमिटेडले बैंकको स्वामित्वमा रहेको पाँच कम्पनीको संस्थापक शेयर असार १५ गते मंगलबारदेखि लिलाम बढाबढाबढमा बिक्रीमा ल्याएको छ ।
बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ८४ हजार ९९५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता, मेरो माइक्रोफाइनान्सको ५८ हजार ५६८ कित्ता, महुली लघुवित्तको ५५ हजार ७० कित्ता, र नेशनल लाईफ इन्स्योरेन्सको २५ हजार ९९६ कित्ता संस्थापक शेयरमा शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।
आरएमडीसी लघुवित्त प्रतिकित्ता ४४१, मेरो माइक्रोफाइनान्सको ५३१, महुली लघुवित्तको ७३०, नागरिक लगानी कोषको १ हजार २०० र नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता ४१० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।
लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् । महुली लघुवित्तको शेयरमा न्यूनतम ५०० कित्ता र बाँकी चार कम्पनीको हकमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
असार २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया