
मेगा क्यापिटलले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
क्यापिटलले असान्त मसान्त भित्र वार्षिक नवीकरण शुल्क भुक्तानी नगर्ने हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने समेत जानकारी दिएको छ ।
तोकिएको समयमा वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भन्दै कम्पनीले समयमा नै शुल्क बुझाएर निर्वाध सेवा उपभोग गर्न आग्रह गरेको हो ।
मेगा क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खालेका सम्पूर्ण खाताधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे वापत वार्षिक शुल्क प्रत्येक आवको १०० वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।
खातावालाहरुले आफूलाई पायक पर्ने मेगा बैंकको बैंकको नजिकैको शाखा कार्यालयहरु, मेगा क्यापिटलमा खाता नम्बर ००१००१०५६३००२ मा तथा कनेक्ट आईपीएस, इसेवा, प्रभु सेवा आइएमई पे, खल्तीबाट अनलाईन भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।
साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरुले एक वर्षको ५० रुपैयाँका दरले शुल्क बुझाएर नवीकरण गर्नुपर्नेछ । सेवा सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नभएमा उक्त सेवा बन्द हुने सोमबार जारी सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया