.png)
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदीको भाउ १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ , तेजावी ९० हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया