
साताको चौथो कारोबार दिन बुधबार ४६ अंकसम्म घटेको नेप्से कारोबारको अन्त्यमा सम्हालिँदै ४.१३ अंकको सामान्य गिरावटमा बन्द भएको छ । साढे १२ बजे सबैभन्दा तल्लो बिन्दुमा झरेको नेप्से सूचक त्यसपछि क्रमश सुधार हुँदै झिनो अंक घटेर बन्द भएको हो ।
बुधबार २२० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ६५ हजार १९२ वटा कारोबारबाट ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा खरीद बिक्री भएका छन् । मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएकोमा ८९ करोडले कारोबार खुम्चिएको हो ।
कारोबारमा आएका ६ समुहका सूचकमा हरियाली छाएको छ भने ७ वटा घटेका छन्द । फाइनान्स सूचक सर्वाधिक ५.८१ प्रतिशतले बढ्दा विकास बैंकको सूचक ३.३७ प्रतिशतले बढेको छ । उत्पादन अन्य, निर्जीवन बीमा र जलविद्युतको सूचक सामान्य सकारात्मक रहे ।
बुधबारको बजारमा लगानी सूचक सर्वाधिक २.२१ प्रतिशतले घट्दा होटल र टुरिजमको इन्डेक्स १.३९ प्रतिशतको रगावटमा बन्द भएको छ । बैंकिङ्ग, ब्यापार, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डको सूचक सामान्य प्रतिशतले ऋणात्मक बनेका छन् ।
बुधबार नेपाल इन्सयोरेन्सको सर्वाधिक ३० करोड ३७ लाखको शेयर कारोबारमा आएको छ भने एनएलजी इन्स्योरेन्स २१ करोड र नेशनल हाइड्रोपावरको पौने १९ करोडको शेयर खरीद बिक्री भएको छ ।
नेपाल पुनर्बीमा कम्पनी, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, निफ्रा, मुक्तिनाथ विकास बैंक र अपर तामाकोशीको १० करोड बढीको शेयर कारोबारमा आएको छ ।
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
बुधबार पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनानस, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपपर्स फाइनान्स, र प्रोगेशिभ फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बेष्ट फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, श्रीइन्भेष्ट फाइनान्स र गुहेश्वरी मचेएन्ट फाइनान्सको मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
खानीखोला र गणपति माइक्रोफानान्सको मूल्य घट्यो
बुधबार खानीखोला र गणपति माइक्रोफानान्सको मूल्य सर्वाधिक घटेको छ । दुबै कम्पनीको मूल्य ३ प्रतिशत धेरैले घटेको छ ।
सबैको लघुवित्त, सोल्टी होटल, हिमालयन उर्जा कम्पनी, एनआईसी एशिया लघुवित्त, गुराँस लघुवित्त, नागरिक लगानी कोष, नबिल इक्वीटी फण्ड र गलोबल आइएाई लघुवित्तको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया