एनएमबि बैंकद्धारा आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित ‘एनएमबि सापटी २.०’ सेवा सुरु

0
Shares

एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ , एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ ।

जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकमहानुभावहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित रु. २ लाख सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।