सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेखमा ब्याज छुट पाउने भएका छन् ।
कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार १७ गतेदेखि असार ३१ गतेसम्म ब्याज छुट दिने भएको हो।
इन्स्योरेन्सले तिर्नु पर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत ब्याज छुट दिने जनाएको छ ।
त्यस्तै, तिर्नु पर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।
व्यतित बीमालेखले बीमितको जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको बीमा शुल्क भुक्तानी गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
साथै, कम्पनीले कनेक्ट आइपिएस, खल्ति, इसेवा, प्रभु पे, फोन पे, सेल पेस र आइएमई पे लगायतका विद्युतिय भुक्तानीका माध्यमबाट नवीकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत कम्पनीले मिलाएको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया