उपभोग्य म्याद सकिएका वस्तु बिक्री वितरण नगर्न वाणिज्य विभागको अनुरोध

0
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य म्याद सकिएका वस्तु बिक्री वितरण नगर्न अनुरोध गरेको छ।

कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि गरिएको निषेध आदेशका कारण बिक्री हुन नसकी गोदाम, पसलहरुमा थन्किएर रहेका दैनिक उपभोग्य खाद्य वस्तुहरुको उपभोग गरिसक्नुपर्ने म्याद सकिने सम्भावना हुन सक्ने र निषेध आदेश खुकुलो भएसँगै व्यापार–व्यवसाय सुरु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका त्यस्ता वस्तु बिक्री हुन सक्नेतर्फ ध्यानाकर्षण भएको विभागले छ ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुनाले निषेध आदेशपछि त्यस्ता वस्तुको बिक्री वितरण नहोस् भन्नेतर्फ उत्पादक, पैठारीकर्ता, वितरक, विक्रेताहरु र आम उपभोक्ता सबै जिम्मेवार सजग र सचेत हुन जरुरी रहनु पर्ने विभागको दाबी छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ले उपभोग्य म्याद समाप्त भएका वस्तु आयात एवं बिक्री वितरण गर्नेगराउनेलाई अनुचित व्यापारिक क्रियाकलाप र कसुर मानी दण्ड सजायको व्यवस्था गरिएको विभागले जनाएको छ ।

बिक्रेताहरुलाई आफू सङ मौज्दात रहेका उपभोग्य म्याद समाप्त भएका वस्तु छुट्टै स्थानमा राखी उपभोक्ताको अधिकार संरक्षण गर्ने कार्यमा जुट्न समेत विभागको अनुरोध छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।