एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन गर्ने अन्तिम दिन

0
Shares

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले असार ६ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

उक्त ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले असार २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिमा आवश्यक ओदन नपरेपछि समय लम्बाइएको थियो । 

बैंकले १० वर्ष अवधिका लागि ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८७’ ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको हो । बैंकले निष्काशित ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको हो। ।

सर्वसाधारणका लागि छुट्याएकोमध्ये ५ प्रतिशतको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता इकाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन फारम सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।

क्यापिटलका अनुसार ऋणपत्र खरिद गर्दा न्यूनतम २५ कित्ता र अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० असार २०७८, आइतबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।