
मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर शेयर निष्काशन भएको चौथो दिन आइतबार बिहान ११ बजेसम्ममा सबा १६ लाखले आवेदन गरेका छन् ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजेसम्म लघुवित्तको आइपीओमा १६ लाख १२ हजार बढी आवेदन परेको छ । उल्लेखित आवेदनबाट २ करोड १२ लाख ७० हजार कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग गरिएको तुलनामा ५८.५२ गुणा बढी हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओ लगानीकर्तालाई ‘हात्तिको मुखमा जिरा’
लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सोमबार (असार २१ गते) सम्म आवेदन गर्न सकिनेछ ।
लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया