एनआईसी एशिया ‘सेलेक्स–३०’ फण्डको इकाई बाँडफाँड भएको छ ।
एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि असार १४ गतेसम्म विक्री गरेको इकाई असार २० गते बाँडफाँड गरेको हो ।
बाँडफाँडमा १०० इकाईदेखि ४५ लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसार नै इकाईहरु बाँडफाँड गरिएको छ । यसैगरी ५० लाख इकाईदेखि एक करोड इकाईसम्म माग गर्ने आवेदकहरुलाई ४९ लाख ३० हजार ६०५ इकाईका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बाँडफाँड गरेको छ ।
सामुहिक लगानी कोष निर्देशिका २०६९ अनुसार तथा नेपा धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार माग भन्दा बढी आवेदन परेमा योजनाका आकार बढाउनसक्ने व्यवस्था रहेको छ । सोही अनुसार फण्डको इकाई खरीदका लागि पनि झण्डै २ गुणा बढी आवेदन परेपछि फनण्डको आकार बढाएर १ अर्ब २५ करोड रूपैयाँ पुर्याइएको छ ।
आवेदकहरुले बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सक्ने क्यापिटलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया