जीवन विकासको आईपीओ बाँडफाँड बिहीबार, एक सयमा ९ जनाले मात्रै शेयर पाउने

0
Shares

असार ११ गतेदेखि १५ गतेसम्म निष्काशन भएको जीवन विकासको आईपीओ बाँडफाँड असार २४ गते बिहीबार हुने भएको छ ।

आवेदक संख्या उच्च हुँदा लघुवित्तको आइपीओ ९ प्रतिशत अर्थात १०० जना आवेदकमध्ये ९ जनाले मात्र शेयर पाउने आंकडा छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुने आईपीओ १ लाख ८४ हजार ८०१ ज्ना आवेदकले गोलाप्राथबाट शेयर पाउनेछन् ।

प्रारम्भिक तथ्याङ्क अनुसार आईपीओमा २० लाख ८४ हजार ७६२ वटा आवेदन परेको छ । यसअनुसार कुल आवेदकको ९१ प्रतिशत अर्थात १८ लाख ९९ हजार आवेदकको हात यस सार्वजनिक निष्काशनमा खाली हुनेछ ।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले सर्वसाधारणबाट १८ लाख ४८ हजार १५ कित्ताका लागि माग गरेकोमा १६.९२ गुणा बढी माग परेको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार लघुवित्तको शेयरमा ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २०० रुपैयाँ रुपैयाँको ३ करोड १२ लाख ६६ हजार २६२ कित्ताको माग भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् भने यीनै आवेदकमध्ये भाग्यशाली ५ जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाउनेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।