मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३३० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थीर रहेको सुन आइतबार भने तोलाको २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।