शेयर बजार सुस्तायो: कारोबार ४ अर्बमा सीमित, निर्जीवन बीमा र उत्पादनमा आकर्षण

0
Shares

असार मसान्त नजिकिएसँगै शेयर बजार सुस्ताएको छ । चालु आर्थिक वर्ष समाप्तीतर्फ लाग्दै गर्दा त्यसको प्रभाव शेयर बजारमा परेको हो । जसले साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा दबाब कायम नै देखिएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै शेयर बजारमा एकिकृत भएको लगानी विस्तारै अन्य क्षेत्रमा सिफ्ट हुन थालेको छ । यसबीचमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन लगानीमा लगाएको रोक र पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमा लगानी जोखिमपूर्ण भन्दै सूची सार्वजनिक गरेपछि २० अर्बबाट घट्न थालेको कारोबार रकम ४ अर्बमा सीमित भएको छ ।

असार मसान्त नजिकिएसँगै व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तथा किस्ताहरू तिर्नुपर्ने हुनछ । जसले पनि ठूला लगानीकर्ताले बजारमा लगानी बढाउन सकेका छैनन् भने साना लगानीकर्तामा बजार अझ घट्न हो कि भन्ने मानसिकताले बजार थप घट्न मद्दत पुगेको हो ।

कर कार्यालयले असार २५ गतेभित्र कर तिर्न पत्राचार गरिसकेको अवस्था छ । त्यसैको प्रभाव सोमबारको बजारमा देखिएको छ । बैंक ब्याज र कर भुक्तानीपछि भने बजारले गति लिनेछ । चालु आर्थिक वर्षको समाप्तीतर्फ लाग्दै गर्दा यस आर्थिक वर्षमा सूचीकृत कम्पनीको लगभग कमाईको रुपरेखा आंकलन हुने गर्दछ । यसपछि लाभांशमा आधारित लगानी बढ्दा बजारले गति लिने अपेक्षा गर्न सकिन्छ ।

असारको समय शेयर बजारमा बाली भित्र्याउने समयको रुपमा लिइने गरिन्छ । बढी नाफा आर्जन गरेका सूचीकृत संस्थाले राम्रो प्रतिफल वितरण गर्ने भएकाले त्यस्ता शेयरको विस्तारै माग उच्च हुन्छ । त्यसैले पनि आफ्ना विश्वास भएका कम्पनीको शेयर घट्दो बजारमा बिक्रीभन्दा लगानीको कस्ट घटाउनतर्फ लगानीकर्ता लाग्नुपर्ने जानकारहरु बताउँछन् ।

मंगलबार नेप्से सूचक ५.२४ अंकले घटेर २८१८.१० बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले घटेर ५२६.७५ बिन्दुमा झरेको छ

आज कूल २२० वटा कम्पनीको १ करोड १ हजार ३५ हजार २०९ कित्ता शेयर ४६ हजार ३१० वटा संख्याको कारोबारबाट ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँ बराबरमा खरिद बिक्री हुँदा भएका छन् । सोमबार ११.७८ अंकले घटेको बजारमा ४ अर्ब ५८ करोड २२ लाखको शेयर खरिद बिक्रीमा आएका थियो । अघिल्लो दिनको तुलनामा कोरोबार रकम ३५ करोड ८२ लाख रुपैयाँले घटेको हो ।

घटेको बजारमा पनि निर्जीवन बीमा र उत्पादनमूलक सूचक १ प्रतिशत धेरैले बढ्दा बैंकिङ्ग, लघुवित्त र र जीवन बीमाको सूचक सामान्य सकारात्मक भएका छन् । लगानी सूचक २ प्रतिशत धेरैले घट्दा ब्यापार र जलविद्युत सूचक पनि १ प्रतिशत बढीले ऋणात्मक भएका छन् ।

हिमालयन डिष्टीलरीको उच्च कारोबार

मंगलबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ८७ लाख ३९ हजार रूपैयाँको शेयर खरीद बिक्री भएको हो ।

अपर तामाकोशी साढे २० करोड, नेपाल बैंक पौने १४ करोड, निफ्रा १२ करोड, नेशनल हाइड्रो १० करोड, एचआईडिसीएल १० करोड , नेपाल पुनर्बीमा कम्पनीको १० करोड, शिवम् सिमेन्ट ९ करोड, नबिल बैंक ८ करोड र मेगा बैंकको पनि ८ करोड बढीको शेयर कारोबारमा आएको छ ।

राष्ट्रिय बीमा कम्पनीको मूल्य उच्च बढ्यो

नेप्सेका अनुसार मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताले ८.३१ प्रतिशतका दरले नाफा कमाएका छन् ।
यसैगरी माउण्टेन इनर्जी नेपाल लिमिटेडमा लगानी गरेका लगानीकर्ताले पनि ५.२१ प्रतिशतका दरले नाफा कमाएका छन् । सिभिल

लघुवित्त, कर्पोरेट डडेभलपमेण्ट बैंक, समिट लघुवित्त, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ३ प्रतिशत धेरैले नाफा कमाएका छन् ।

शिवम सिमेन्ट, स्टान्र्टड चार्टड बैंक, प्रभु सेलेक्ट फण्ड, ओरियन्टल होटल, यूनाइटेड इन्स्योरेन्स, सिटिजन म्युचुल फण्ड २ का लगानीकर्ताले २ प्रतिशत धेरैका दरले नाफा कमाएका छन् ।

एचआईडिसीएल र अपरका लगानीकर्ताले घेरै गुमाए

यस्तै, मंगलबारको बजारमा हाइड्रो इलेक्ट्रसिटी इनभेष्टमेन्ट र अपर तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । हाइड्रो इलेक्ट्रसिटी इनभेष्टमेन्टमा लगानी गर्नेले लगानीकर्ताले ५.५३ प्रतिशतका दरले गुमाएका हुन्, भने अपर तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले ५.०४ प्रतिशतका दरले गुमाएका हुन् ।

रिडी हाइड्रो पावरमा लगानी गर्ने लगानीकर्ताले आज ४.११ प्रतिशतका दरले गुमाएका छन् भने नेशनल हाइड्रो, नेपाल इन्स्योरेन्स, राधी विद्युत, जोशी हाइड्रोपावर र विशाल बजारमा लगानी गर्ने लगानीकर्ताले ३ प्रतिशत धेरैका दरले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।