सानिमा जनरल इन्स्योरेन्समा दुई सञ्चालक निर्विरोध निर्वाचित

0
Shares

सानिमा जनरल इन्स्योरेन्स कम्पनी (SGI) मा दुई सञ्चालक निर्वाचत भएका छन् । कम्पनीको असार २३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

समूह (ख) अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी पोखरेल र श्रेष्ठ निर्वाचित भएका हुन् ।

उक्त साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आव २०७६/०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान, हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अननुसूचीहरु त्था एनएफआरएस बमोजिमको वित्तीय विवरण पारित गरेको छ ।

आथिर्क वर्ष २०७७/०७८ को लागि बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउटेण्ट्सको नियुक्त समेत गरिएको कम्पनी सचिव सुबोध लाल श्रेष्ठले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।