खोप खरिदका लागि ५ अर्ब निकासा दिने अर्थमन्त्री शर्माको पहिलो निर्णय

0
Shares

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।

आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिडविरुद्ध खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् ।

त्यस्तै उनले स्वास्थ्यकर्मीहरूलाई दिने भनिएको जोखिमभत्ताका लागि पनि रकम स्वीकृति सदर गरे ।

यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

अर्थमन्त्री शर्माले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जाने गरी प्रदेश र स्थानीय तहहरुलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नयाँ सरकारले मंगलबार शपद ग्रहण लगत्तै चैत महिनाभित्र सबै नेपालीलाई खोपको व्यवस्था गर्ने निर्णय गरिसकेको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।