सिवाईसी नेपालले शालीग्राम लघुवित्तलाई गाभेर सुरु गर्यो एकीकृत कारोबार

0
Shares

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी मंगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।

शालीग्राम लघुवित्तलाई १००ः७५ अनुपात अर्थात शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपालको ७५ कित्ता शेयर दिने गरी प्राप्ति गरेको हो ।

सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबद्र्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका थिए ।

यसअघि दुबै लघुवित्त कम्पनीको जेठ २४ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले एक आपसमा गाभ्ने।गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकबाट असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै मंगलबारदेखि एकीकृत कारोबारको थालनी भएको हो ।

प्राप्तिपछि कम्पनीको चुक्ता पूँजी १२ करोड १६ लाख रहेको छ । अब कम्पनीले ३८ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्नेछ ।

सिवाईसी नेपाल लघुवित्तको कार्यक्षेत्र राष्ट्रिय स्तरको रहेको छ भने शालिग्राम लघुवित्तको प्रदेश स्तरको कार्यक्षेत्र रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १८ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।