आर्थिक वर्ष २०७७/०७८ को अन्त्य हुँदै गर्दा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोड माथिको बीमाशुल्क आर्जन गरेको जनाएको छ ।
कोविडको महामारीको विषम परिस्थितिमा समेत यस यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो।
कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमाशुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो ।
कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया