हिमालयन जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल

0
Shares


हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

हिमालयन इन्स्योरेन्स र एनएमबि क्यापिटलबीच असार २८ गते २०७८ साउन १ गते, शुक्रबार देखि लागू हुने गरी २ वर्षको लागि शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार आगामी दुई वर्ष अर्थात २०८० असार मसान्तसम्म इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाण्डौं मार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।