.png)
सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुससार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ, तेजावी ९२ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६०० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया