
साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ। सोमबार शेयर बजार मापक सूचक नेप्सेले यसअघिको रेकर्ड तोडेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आइतबार प्रि ओपनिङ सेसनमा नै २३ अंकले बढेको बजार ३००३.४७ विन्दुमा पुगेको थियो । नियमित कारोबारमा पनि नेप्से उच्च अंकले बढेपछि गत जेठ ३१ गते कायम भएको ३०२५.८३ बिन्दुको रेकर्ड तोडिएको हो ।
सोमबार नियमित कारोबारको ६ मिनेटमा नै नेप्से ५२ अंकसम्म बढेर ३०३२.३० बिन्दु चुमेर फर्किएको थियो । अल्पकालीन लगानीकर्ताले बढेको मौका छोपी शेयर सप्लाई बढाएपछि नेप्सेमा केही दबाब सिर्जना भएको हो । कारोबारको आधा घण्टा अवधिमा नेप्से फेरि ३०२६ बिन्दुमाथि पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
लगानीकर्ताको आक्रमक खरीदले नेप्से पुन बढ्न थालेको छ । आधा घण्टा अवधिमा नेप्से ४७.९२ अंकले बढेर ३०२८ अंकमा पुग्दा २ अर्ब ६५ करोड बढीको शेयर कारोबार भएको छ । २०५ वटा कम्पनीको १ करोड १३ लाख कित्ता शेयर २३ हजार ६८४ पटक खरीद बिक्री भएका हुन् । सोमबार बजार खुलेको ५ मिनेट मै नेप्से ५०.१३ अंकले बढेको थियो ।
चालु आवको पहिलो दिन पनि नेप्से ९७ अंकले बढेको थियो । नयाँ प्रधानमन्त्री शेयर बहादुर देउवालाई विश्वासको मत दिने अन्य गठबन्धन दलहरुको घोषणाले चालु आवको पहिलो दिन नै नेप्सेले सर्वाधिक उचाई चुमेको थियो । सोमबार पनि उक्त बढोत्तरीले निरन्तरता पाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया