नेपाल लाइफले जीवन बीमा शिक्षामा ग्लोबल कलेजलाई सघाउने

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा शिक्षामा ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई सघाउने भएको छ । सो सम्बन्धी सम्झौतामाबीच सोमबार हस्ताक्षर भएको हो।

सम्झौता अनुसार ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।

नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।