व्यवसाय विस्तारमा नयाँ बीमा कम्पनी आक्रमक, सानिमाको जीवन र निर्जीवन दुबै अगाडि

0
Shares


गत आर्थिक वर्षमा पुराना बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीहरुको व्यवसाय विस्तारको दर उच्च देखिएको छ । दशकौंदेखि बीमा बजारमा आफ्नो अघिपत्य जमाउँदै आएका कम्पनीहरुलाई तीन वर्षअघिदेखि सञ्चालनमा आएका कम्पनीहरुले टक्कर दिने किसिमले व्यवसाय बढाउँदै अगाडि बढेको देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै व्यवसाय विस्तार दर धेरै हुने कम्पनीमा नयाँ कम्पनीहरु नै अगाडि देखिएका छन् । जीवन बीमातर्फ सबैभन्दा धेरै प्रतिशतले बीमा व्यवसाय बढाएका दश कम्पनीभित्र आठ वटा नयाँ कम्पनी रहेका छन् भने निर्जीवन बीमातर्फ शीष दशभित्र तीन निर्जीवन बीमा कम्पनी अटाएका छन् । निर्जीवनतर्फ शीर्ष तीनभित्र दुई नयाँ निर्जीवन बीमा कम्पनी रहेका छन् ।

नेपालमा बीमा व्यवसायको विस्तार कम भएको भन्दै सरकारको निर्देशनमा बीमा समितिले तीन वर्षअघि थप दश जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । तीन वर्षको अवधिमा नै नयाँ बीमा कम्पनीको प्रगति उदाहरणीय देखिन थालेको छ ।

जीवन बीमा कम्पनीहरुको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा कुल बीमाशुल्क २८.१५ प्रतिशतले बढेको छ । सञ्चालनमा आएका दश नयाँ जीवन बीमा कम्पनीको वृद्धिदर जीवन बीमा कम्पनीहरुको व्यवसायको वृद्धिदरको औषतभन्दा बढी छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको व्यवसायको वृद्धिदर औषतभन्दा कम छ ।

यसैगरी अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १६.७६ प्रतिशतले बढेको छ । सञ्चालनमा आएका तीन निर्जीवन बीमा कम्पनीहरु सानिमा जनरल, अजोड र जनरल इन्स्योरेन्सको व्यवसायको वृद्धिदर निर्जीवन बीमा कम्पनीहरुको औषतभन्दा बढी छ ।

सानिमा लाइफको वृद्धिदर धेरै,आठ नयाँ कम्पनीहरुको वृद्धि औषतभन्दा माथि

गत आर्थिक वर्ष २०७७/७८ मा दश नयाँ जीवन बीमा कम्पनीको वृद्धिदर जीवन बीमा कम्पनीहरुको व्यवसायको वृद्धिदरको औषतभन्दा बढी छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको व्यवसायको वृद्धिदर औषतभन्दा कम छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धि (कुल बीमाशुल्क संकलन) २८.१५ प्रतिशतले बढेकोमा आठ बीमा कम्पनीहरुको वृद्धि सो भन्दा माथि देखिएको हो । 

गत आर्थिक वर्षमा सानिमा लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क बढाएको छ । इन्स्योरेन्सले १३७.८० प्रतिशतले बीमाशुल्क वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यसैगरी सन नेपाल लाइफले शतप्रतिशतले बीमाशुल्क बढाएको छ । गत आवमा कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी आईएमई लाइफले ९९.२९ प्रतिशत, रिलायवल नेपाल लाइफले ८६.८८ प्रतिशत, रिलायन्स लाइफले ८३.५७ प्रतिशत, सिटिजन लाइफले ८३.१६ प्रतिशत, ज्योति लाइफ ६४.०२ प्रतिशत, युनियन लाइफ ४१.०४ प्रतिशत, प्रभु लाइफ २२.८८ प्रतिशत, र महालक्ष्मी लाइफले २१.८४ प्रतिशतले कुल बीमाशुल्क संकलन बढाएका छन् ।

गत आवमा आईएमई लाइफले २ अर्ब ७९ करोड, रिलायवल नेपालले २ अर्ब ९९ करोड, रिलायन्सले २ अर्ब ५७ करोड र सिटिजन लाइफले ३ अब ५९ करोड, ज्योति लाइफले ३ अर्ब १० करोड, युनियन लाइफले ६ अर्ब ७७ करोड, प्रभु लाइफले १ अर्ब ४५ करोड र महालइमी लाइफले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Life Insurance – Total Premium Collection
S.N Company Total Premium Collection (Rs. in Crore)
 2077/078 2076/077 Growth %
1 Samima Life Insurance 195.00 82.00 137.80%
2 Citizen Life Insurance 359.00 196.00 83.16%
3 Gurans Life Insurance 368.00 219.00 68.04%
4 IME Life Insurance 279.00 140.00 99.29%
5 Prabhu Life Insurance 145.00 118.00 22.88%
6 Reliance Life Insurance 257.00 140.00 83.57%
7 Sun Nepal Life Insurance 222.00 111.00 100.00%
8 Reliable Nepal Life Insurance 299.00 160.00 86.88%
9 Jyoti Life Insurance 310.00 189.00 64.02%
10 Mahalaxmi Life Insurance 106.00 87.00 21.84%
11 Union Life Insurance 677.00 480.00 41.04%
12 National Life Insurance 1,216.00 921.00 32.03%
13 Surya Life Insurance 426.00 320.00 33.13%
14 Asian Life Insurance 592.00 454.00 30.40%
15 Life Insurance Corporation 1,714.00 1,531.00 11.95%
16 Prime Life Insurance 403.00 331.00 21.75%
17 Nepal Life Insurance 3,284.00 2,839.00 15.67%
18 Met Life Insurance 502.00 415.00 20.96%
19 Rastriya Beema Sansthan 741.00 705.00 5.11%
Grand Total: 12,095.00 9,438.00 28.15%

बीमा समितिले उपलब्ध गराएको गत आर्थिक वर्षको तथ्याङ्कका आधारमा पुराना कम्पनीलाई पछि पार्दै नयाँ कम्पनी अघि बढेको देखिएको हो ।  समितिको तथ्यांकअनुसा दशकौंदेखि बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनी भन्दा पछिल्लो समयमा स्थापना भएका जीवन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रमक देखिएका हुन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७७/७८ मा कुल बीमाशुल्क संकलन १ खर्ब २० अर्ब ९५ करोड छ । जसमा नयाँ बीमा कम्पनीको हिस्सा २३.५५ प्रतिशत रहेको छ । अघिल्लो आवमा कम्पनीहरुले ९४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

सबैभन्दा धेरै प्रतिशतले बीमाशुल्क बढाउने कम्पनीको सूचीको शीर्ष पाँचभित्र सबै नयाँ जीबन बीमा कम्पनी समेटिएका छन् । जसमा पनि दुई नयाँ जीवन बीमा कम्पनीले शतप्रतिशत व्यवसाय बढाएका छन् ।

कुल बीमाशुल्क संकलन रकमका भने समीक्षा अवधिमा महालक्ष्मी लाइफले सबैभन्दा कम १ अर्ब ६ करोड रुपेयाँ संकलन गरेको छ । नेपाल लाइफले सबैभन्दा धेरै ३२ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको छ ।

निर्जीवन बीमा व्यवसायमा पनि नयाँ कम्पनीको वृद्धिदर अधिक

जीवन बीमा व्यवसायमा मात्र होइन निर्जीवन बीमा व्यवसायमा पनि नयाँ कम्पनीहरुको उपस्थिति बलियो देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १६.७६ प्रतिशतले बढेको छ । नयाँ निर्जीवन बीमा कम्पनीको वृदिदर सोभन्दा धेरै रहेको छ ।

गत आवमा निर्जीवन बीमातर्फं पनि सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै ८५.७१ प्रतिशतले बीमाशुल्क संकलन वृद्धि गरेको छ । यस्तै अजोड इस्योरेन्सले ४७.६७ र जनरल इन्सयोरेन्सले २०.३७ प्रतिशतले व्यवसाय विस्तार गरेको छ ।

गत आव २०७७/७८ मा सानिमा जनरल इन्स्योरेन्सले ६५ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब २७ करोड र जनरल इन्सयोरेन्सले ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Non-Life Insurance – Total Premium Collection
 
S.N Company Total Premium Collection (Rs. in Crore)
2077/078  2076/077  Growth %
1 Sanima General 65.00 35.00 85.71%
2 United Insurance 105.00 66.00 59.09%
3 Ajod Insurance 127.00 86.00 47.67%
4 Prudential Insurance 128.00 103.00 24.27%
5 General Insurance 65.00 54.00 20.37%
6 NLG Insurance 208.00 173.00 20.23%
7 Shikhar Insurance 397.00 352.00 12.78%
8 Neco Insurance 241.00 207.00 16.43%
9 Sagarmatha Insurance 265.00 219.00 21.00%
10 Siddhartha Insurance 232.00 196.00 18.37%
11 National  Insurance 87.00 76.00 14.47%
12 Nepal Insurance Co. 127.00 116.00 9.48%
13 IME General Insurance 152.00 136.00 11.76%
14 Lumbini General 136.00 121.00 12.40%
15 Premier Insurance 190.00 164.00 15.85%
16 Everest Insurance 101.00 90.00 12.22%
17 Himalayan General Insurance 130.00 137.00 -5.11%
18 Oriental Insurance 116.00 101.00 14.85%
19 Rastriya Beema Company  163.00 128.00 5.16%
20 Prabhu Insurance 135.00 155.00 -12.90%
Grand Total:   3170.00 2715.00 16.76%

सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । सो मध्ये नयाँ तीन निर्जीवन बीमा कम्पनीको हिस्सा ८.११ प्रतिशत रहेको छ । अघिल्लो आवमा कम्पनीहरुले २७ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

गत आवमा प्रभु इन्स्योरेन्स र हिमालयन जनरल बाहेक अरु सबै बीमा कम्पनीको बीमाशुल्क रकम बढेको छ । हिमालयन जनरलको कुल बीमाशुल्क रकम ५.११ प्रतिशत र प्रभु इन्स्योरेन्सको १२.९० प्रतिशतले घटेको हो ।

कुल बीमाशुल्क संकलन रकमका आधारमा भने समीक्षा अवधिमा सानिमा जनरल र जनरल इन्सयोरेन्स दुबैले ६५ करोड रुपेयाँ संकलन गरेका छन् । शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब ९७ करोड रुपैयाँ संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।