बीमा समितिले अण्डराइटिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने

0
Shares


बीमा समितिले अण्डराइटिङ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने भएको छ ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिम हलमा साउन ८ गते शुक्रबार अन्र्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने समितिले जनाएको हो ।
उक्त अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागी गराउन समितिले इजाजतपत्र सबै जीवन बीमा कम्पनीलाई अनुरोध गरेको छ ।

समितिले सम्पूर्ण जीवन बीमा कम्पनीको अण्डरराइटिङ विभागका प्रमुखहरुलाई ‘अण्डरराईटिङ सँग सम्बन्धित समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा अण्डराइटिङ विभागका प्रमुखलाई सहभागी गराई दिन समितिले निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।