अपि पावर कम्पनी (API) ले हकप्रदमा बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।
अपिले साउन १३ गतेदेखि उक्त शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।
लिलामीमा राखिने शेयरमा साउन २० गतेसम्ममा आवेदन दिनु पर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार कम्पनीको शेयरमा न्युनतम १०० कित्तादेखि सबै शेयरका लागि आवेदन दिन सकिनेछ ।
मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तीसार, मुक्तिनाथ विकास बैंकका शाखाहरु भक्तपुर ठिमी, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, इलाम, पृथ्वी चेक पोखरा, बुटवल, बिराटनगर, बीरगञ्ज, नारायणगट, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट लिलामी शेयरमा आवेदन दिन सकिन्छ ।
मुक्तिनाथ क्यापिटल लिमिटडका नाममा नगद जम्मा गरी सोको भौचर सहित राखेर आवेदन गर्नुपर्ने क्यापिटलले जनाएको छ ।
कम्पनीको शेयर बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया