साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ सेसनमा हरियाली छाएको छ । कारोबारमा आएका ४७ कम्पनीको मुल्य बढेपछि नेप्से १३.२३ अंकले बढेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ५७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेसँगै सूचक ३ हजार १७ दशमलव ५६ अंकमा पुगेको छ । यस अवधिमा ५७ कम्पनीका १ लाख ७४ हजार ५६३ कित्ता शेयर १ करोड ८५ लाख १२ हजार ६०३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया