आजदेखि ५० वर्ष माथिकालाई भेरोसेलको पहिलो खोप लगाइँदै

0
Shares

काठमाडौं महानगरपालिकाले ५० वर्षदेखि माथि उमेर समूहका नागरिकलाई आजदेखि चिनियाँ खोप भेरोसेलको खोपको पहिलो मात्रा दिन सुरु गरेको छ ।

बिहीबारदेखि कामपाका ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रबाट खोप बिहान १० देखि अपरान्ह ५ बजेसम्म ५० वर्षदेखि माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउन सुरु गरिएको महानगरले जनाएको छ ।

खोपका लागि आधिकारिक परिचयपत्र (नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा वडाबाट उमेर प्रमाणित हुने कागजात) लिएर जानुपर्ने हुन्छ ।

कोरोना विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरेको हो ।

महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र साँझ ५ः०० बजेसम्म जारी रहनेछ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।

दुबै र पहिलो पटकमात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ श्रावण २०७८, बिहिबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।