विसं २०७७ जेठ मसान्तको तुलनामा २०७८ जेठ मसान्तसम्ममा अर्थात एक वर्ष अवधिमा ठूला कारोबारहरुको राफसाफका लागि नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस), कनेक्ट आईपीएस र मोबाइल बैंकिङ्ग मार्फत हुने डिजिटल भुक्तानी कारोबार बढेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एघार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ जेठको तुलनामा २०७८ जेठमा यस्तो कारोबार ४ गुणा बढीले बढेको हो ।
केन्द्रीय बैंकको तथ्याङ्क अनुसार २०७८ जेठमा आरटिजीएस, कनेक्ट आईपीएस र मोबाइल बैंकिङ्ग मार्फत कुल २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको भुक्तानी (कारोबार) भएको छ । विसं २०७७ जेठमा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख भएको थियो । एक वर्ष अवधिमा यस्तो माध्यमबाट हुने कारोबार ४१२ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा नेपाल क्लियरिङ्ग हाउसको इसीसी र आईपीएस तथा मोवाइल वालेट मार्फत हुने कारोबार भने घटेको छ । २०७७ जेठमा १० खर्ब ४४ अर्ब ९२ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा २०७८ मा १४६ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ४६ करोड २१ लाख रुपैयाँमा झरेको हो । एक वर्षमा ४ खर्ब ९१ करोड ४६ लाख रुपैयाँले कारोबार घटेको हो ।
गत वैशाखदेखि असारसम्म देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा नआउँदा पनि यी शीर्षकबाट हुने डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबार रकममा कमी आएको नेपाल राष्ट्र बैंकल जनाएको छ ।
कुनको कति रकम बढ्यो ?
राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो जेठको तुलनामा २०७८ जेठमा कनेक्ट आइपिएस मार्फत हुने कारोबार रकममा १ खर्ब बढीले वृद्धि भएको छ ।
कनेक्ट आईपीएस मार्फत अघिल्लो जेठमा ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएकोमा २०७८ जेठमा बढेर १ खर्ब ५८ अर्ब २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
एक वर्ष अवधिको अन्तरमा एकै महिनामा भएको कारोबारलाई हेर्दा यस्तो कारोबार २०८ प्रतिशत अर्थात १ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । यस्तै अघिल्लो जेठको तुलनामा १४ लाख ६४ हजार वटा कारोबार बढेर २१ लाख ६० हजार ६४८ वटा संख्यामा कारोबार भएको छ ।
यस्तै क्युआर कोडमा आधारित भुक्तानी मार्फत अघिल्लो असारमा ५८ करोड ९० लाख बराबरको कारोबार भएकोमा २०७८ जेठमा २३४ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ७८ लाख पुगेको छ । कारोबार संख्या पनि १ लाख ९५ हजारबाट ३ लाख ७ हजार बढेर ५ लाख ३३ हजार पुगेको छ ।
| Particulars | Total Amount (NPR in Million) | |||
| 2077 Jesth | 20748 Jesth | Change | Change % | |
| RTGS | 1567959.00 | 1900993.58 | 333034.58 | 21.24 |
| ECC | 792007.00 | 389071.18 | -402935.82 | -50.88 |
| IPS | 223651.00 | 144896.53 | -78754.47 | -35.21 |
| Connect IPS | 51306.00 | 158253.58 | 106947.58 | 208.45 |
| Internet Banking | 19048.00 | 11141.77 | -7906.23 | -41.51 |
| Mobile Banking | 18839.00 | 53159.56 | 34320.56 | 182.18 |
| Wallet | 10222.00 | 8352.64 | -1869.36 | -18.29 |
| QR-Based Payments | 589.00* | 1967.80 | 1378.80 | 234.09 |
| Point of Sales (POS) | 1858.00* | 1543.68 | -314.32 | -16.92 |
| E-Commerce | 1201.00* | 161.50 | -1039.50 | -86.55 |
| Source: NRB 11 Month Data FY 2077/78 *2077 Ashad Data |
||||
यस अवधिमा मोवाइल बैंकिङ्ग कारोबार पनि उच्च प्राथमिकतामा परेको देखिएको छ । एक वर्ष अवधिमा मोवाइल बैंकिङ्ग मार्फत हुने कारोबार १८२ प्रतिशत अर्थात ३४ अर्ब ३३२ करोड ५ लाख रुपैयाँले बढेको छ । २०७७ जेठमा मोबाइल बैंकिङ्ग मार्फत १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा २०७८ सम्म ५३ अर्ब १५ करोड ९५ लाख रुपैयाँ पुगेको हो ।
समीक्षा अवधिमा मोवाइल बैंकिङ्ग मार्फत हुने कारोबार संख्यामा पनि वृद्धि भएको छ । अघिल्लो जेठमा ५८ लाख १७ हजार ६८१ वटा कारोबार भएकोमा एक वर्ष अवधिमा ५५ लाख ३९ हजार ५०० वटा बढेर १ करोड १३ लाख ५७ हजार १८१ वटा पुगेको छ ।
यसैगरी आरटिजीएस प्रणाली मार्फत हुने कारोबार २१ प्रतिशतले बढेको छ । २०७७ जेठ मसान्तसम्ममा १५ खर्ब ६७ अर्ब ९५ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा २०७८ जेठसम्ममा ३ खर्ब ३३ अर्बले बढेर १९ खर्ब ९९ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
कारोबार रकम बढेपनि आरटिजीएसको कारोबार संख्या भने अघिल्लो जेठको तुलनामा घटेको छ । २०७७ जेठमा ३७ हजार २९७ वटा कारोबार भएकोमा २०७८ जेठमा ३४ हजार ८७४ वटा संख्यामा कारोबार भएको छ । यद्यपी पुसदेखि बैशाखसम्म ५ हजारवटा कारोबार भएकोमा जेठमा भने घटेको हो ।
कुनको कति रकम घट्यो ?
राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो जेठको तुलनामा २०७८ जेठमा नेपाल क्लियरिङ्ग हाउसको इसीसी कारोबार समेत ५१ प्रतिशतले घटेको छ । २०७७ जेठमा ७ खर्ब ९२ अर्बको कारोबार भएकोमा २०७८ जेठमा ४ खर्ब २ अर्बले घटेर ३ खर्ब ८९ अर्ब ७ करोडमा खुम्चिएको छ ।
गत जेठमा १२ लाख ६० हजार वटा संख्याको कारोबार घटेर ५ लाख ६१ हजारमा झरेको छ । पछिल्लो समय भौतिक रुपमा चेक जम्मा गरेर भन्दा सिधा ठूला कारोबारहरु आरिटिजीएस तथा कनेक्ट आईपीएस मार्फत भुक्तानी हुने क्रम बढेकाले पनि इसीसी कारोबारमा कमी आएको हो ।
यसैगरी इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । गत जेठमा १९ अर्ब ४ करोड ८० लाख बराबरको कारोबार भएकोमा गत जेठमा ११ अर्ब १४ करोड १७ लाख बराबरको कारोबार भएको छ । समीक्षा अवधिमा ७ अर्ब ९० करोड अर्थात साढे ४१ प्रतिशतले घटेको हो । अघिल्लो जेठमा ६ लाख ५३ हजार ४५९ पटक इन्टरनेट बैंकिङको प्रयोेग भएकोमा गत जेठमा २ लाख ४० हजार ४३८ पटक मात्र कारोबार भएको छ ।
यस्तै आईपीएस कारोबार पनि ७८ अर्ब ७५ करोडले घटेको छ । २०७७ जेठमा २ खर्ब २३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा २०७८ जेठमा घटेर १ खर्ब ४४ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ । एक वर्ष अवधिमा आईपीएस कारोबार ३५ प्रतिशतले घटेको हो । कारोबार घटेपनि यस अवधिमा २ लाख ५८ हजार ९८४ वटा बढेर ८ लाख ५५ हजार ५२२ वटा पुगेको छ ।
| Particulars | No. of Transaction | |||
| 2077 Jesth | 20748 Jesth | Change | Change % | |
| RTGS | 37297.00 | 34874.00 | -2423.00 | -6.50 |
| ECC | 1260169.00 | 561598.00 | -698571.00 | -55.43 |
| IPS | 596538.00 | 855522.00 | 258984.00 | 43.41 |
| ConnectIPS | 696447.00 | 2160648.00 | 1464201.00 | 210.24 |
| Internet Banking | 653459.00 | 240438.00 | -413021.00 | -63.21 |
| Mobile Banking | 5817681.00 | 11357181.00 | 5539500.00 | 95.22 |
| Wallet | 10179557.00 | 9750065.00 | -429492.00 | -4.22 |
| QR-Based Payments | 195016.00* | 502666.00 | 307650.00 | 157.76 |
| Point of Sales (POS) | 532911.00* | 334154.00 | -198757.00 | -37.30 |
| E-Commerce | 168627.00* | 38613.00 | -130014.00 | -77.10 |
| Source: NRB 11 Month Data FY 2077/78 *2077 Ashad Data |
||||
यसैगरी मोवाइल वालेट कारोबार पनि यस अवधिमा १८ प्रतिशतले घटेको छ । अघिल्लो जेठमा १० अर्ब २२ करोड २० लाख कारोबार भएकोमा १ अर्ब ८६ करोड ९३ लाख घटेर ८ अर्ब ३५ करोड २६ लाख रुपैयाँ मात्र कारोबार भएको हो । २०७७ जेठमा १ करोड १ लाख ७९ हजार वटा संख्यामा कारोबार भएकोमा ४ लाख ३० हजार वटाले घटेर ९७ लाख ५० हजार ६५ वटामा झरेको छ ।
यस्तै अघिल्लो असारको तुलनामा गत जेठको तथ्याङ्क हेर्दा प्वइन्ट अफ सेल (पस) र अनलाइन (इ–कमर्स) का माध्यमबाट हुने कारोबार पनि क्रमशः १७ र ८६ प्रतिशतले घटेको छ । अघिल्लो असारमा पस मार्फत १ अर्ब ८५ करोडको कारोबार भएकोमा २०७८ जेठ महिनामा घटेर १ अर्ब ५४ करोडमा झरेको छ भने इ कमर्स १ अर्ब २० करोडबाट १६ करोड ५० लाखमा झरेको छ ।
पस कारोबार संख्या पनि अघिल्लो असारको तुलनामा १ लाख ९८ हजारले घटेर ३ लाख ३४ हजार १५४ वटामा र इ कर्मस कारोबार संख्या १ लाख ३० हजारले घटेर ३८ हजार ६१३ मा खुम्चिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया