फस्ट माइक्रोफाइनान्स (FMDBL) को १ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने साउन १७ गते आइतबार अन्तिम दिन रहेको छ ।
माइक्रोफाइनान्सले असार १३ गते देखि एक लाख कित्ता शेयरका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरी लिलाम बढाबढको माध्यमबाट बिक्री गरिरहेको छ ।
यस लिलामीको शेयरमा विद्यमान संस्थापकहरु तथा अन्य जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले साउन १७ गते आइतबार बैंकिङ्ग समय भित्र आवेदन दिनुपर्नेछ ।
उक्त शेयरको न्यूनतम मूल्य ३४५ कायम गरकोले आवेदन दिँदा सो वा सो भन्दा बढी रकम कबुल गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ र न्यूनतम एक हजार कित्ता तोकिएकोले सो वा सो भन्दा बढी कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
यसको बिक्री प्रबन्धक बि.ओ.के क्यापिटल मार्केट लि. रहेको छ । उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् ।
शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रोपर टेष्ट पूरा भएको हुनुपर्ने तथा अनुसूची ३ को विवरण पूरा भरी कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तथा नागरिकताको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया