नेपालकै पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “एनआईबिएल सहभागिता फण्ड” ले आर्थिक वर्ष २०७७/७८ बाट इकाईधनीलाई बम्पर प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ ।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजना ब्यवस्थापकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ बाट इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
यो सामुहिक लगानी कोषले वितरण गरेको हालसम्मकै उच्च प्रतिफल हो ।
आर्थिक वर्ष २०७६/७७ बाट इकाईधनीलाई ८.२५ प्रतिशत प्रतिफल वितरण गरेको कम्पनीले गत आवबाट ४१.७५ प्रतिशत धेरै लाभांश घोषणा गरेको छ ।
बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले साउन १४ गते बिहीबार नै ईकाई धनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार बिहीबारसम्म इकाई खरीद गरेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
“एनआईबिएल सहभागिता फण्ड” योजना रहेको र यस योजनाका ईकाईधीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि ) बराबरको रकमबाट उक्त लाभांश वितरण पश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप रकम ईकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको जनाईएको छ ।
उक्त सुविधा उपभोग गर्नका लागि साउन २२ गतेसम्म आफ्नो नाम दर्ता गर्न समेत अनुरोध गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरुमार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सकिने छ ।
योग्य इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांश पुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नेछन् ।
आफ्नो हितग्राही खातामा रहेको इमेल ठेगाना मार्फत विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया