लक्ष्मी इक्विटी फण्डको समायोजित मूल्य १३.९० रुपैयाँ

0
Shares

लक्ष्मी इक्विटी फण्ड (LEMF) को समायोजित इकाईमूल्य १३.९० रुपैयाँ कायम भएको छ ।

कोषले आव २०७७।७८ बाट इकाईधनीलाई प्रस्ताव गरेको ३५ प्रतिशत लाभांशको लागि साउन १५ गते, शुक्रबार बुकक्लोज तोकेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांशपछि इकाईमूल्य समायोजन गरेको हो ।

सूचीकृत कम्पनीले वितरण गर्ने बोनसमा जति दिएपनि मस्ल्य समायोजन हुने गरेकोमा नगदको हकमा भने दोस्रो बजारमा कायम मूल्यको १० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गरेमा मात्र मूल्य समायोजन हुने व्यवस्था रहेको छ ।

नेप्सेले साउन १४ गते बिहीबारको कायम भएको अन्तिम मूल्य १७.४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यससँगै आइतबार समायोजित मूल्यलाई आधार मानेर इकाई कारोबारमा आउनेछ ।

शुक्रबार बुकक्लोजपछि साउन १४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।

लक्ष्मी इक्विटी फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोषको प्रबद्र्धक लक्ष्मी बैंक हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।