
शुक्रबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार शुक्रबार चाँदीको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला १ हजार २८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया