पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले सहास उर्जा कम्पनीलाई १ करोड ५ लाख कित्ता, न्यादी हाइड्रोपावरलाई ४० लाख ५० हजार कित्ता र बुद्दभुमी हाइड्रोपावर कम्पनीलाई १२ लाख कित्ता शेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डका अनुसार न्यादी हाइड्रोपावरलाई साउन ११ गते र सहास उर्जा तथा बुद्दभुमी हाइड्रोपावरलाई साउन १४ गते शेयर बिक्री गर्न अनुमति दिएको हो । तीनवटै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि सो परिमाणको शेयर बिक्रीको अनुमति पाएका हुन् ।
निजी क्षेत्रबाट प्रवद्धित सबैभन्दा ठूलो आयोजना साहस उर्जाले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
यस्तै बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन अनुमति पाएको हो । यसैगरी बुद्दभुमी हाइड्रोपावर कम्पनीले नुवाकोटमा सञ्चालित ५ मेगावाटको तादी खोला जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
यससँगै अबको दुई महिनाभित्रमा यी कम्पनीले स्थानीयलाई शेयर बिक्री खुला गर्नेछन् ।
बोर्डका अनुसार न्यादी हाइड्रोपावरले जारी पूँजीको २७ प्रतिशत र साहास उर्जा र बुद्दभुमी हाइड्रोपावर कम्पनीले जारी पूँजीको समान ३०/३० प्रतिशत शेयर बिक्री गर्न लागेका हुन् ।
न्यादी हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, साहास उर्जाको एनआईबिएल एस क्यापिटल र बुद्दभुमी हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया