आशा लघुवित्तको नाफा १७२ प्रतिशतले बढ्यो, खराब कर्जा उच्च

0
Shares


आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को खुद नाफा १७२.६६ प्रतिशतले बढेको छ । नाफामा उत्कृष्ट सुधार गरेको कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४७.६० रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १७.४६ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३०.१४ रुपैयाँ बढेको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.०६ गुणा छ ।

गत आवमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब २० करोड रुपैयाँ सापटीलिएर ३ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले २६ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी र १८ करोड ५२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत, सञ्चालन मुनाफा १४९.३९ प्रतिशत, जगेडा कोष २७६.५७ प्रतिशत, निक्षेप ५६।९६ प्रतिशत, कर्जा ६३.१० प्रतिशत, सापटी ५१.९० प्रतिशतले वृद्धि भएको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ३.८० प्रतिशत रहेको छ । यस्तो अनुपात १ प्रतिशतभन्दा कम हुनुलाई राम्रो मानिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ श्रावण २०७८, आइतबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।