उपकार लघुवित्तको आईपीओलाई ‘डबल बि माइनस’ रेटिङ

0
Shares

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने प्राथमिक शेयर (आईपीओ) ले डबल बि माइनस रेटिङ पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो ।

सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल मार्फत गरेको रेटिङ्गमा निष्कासन गर्ने आईपीओलाई आईआर बीबी माइनस रेटिङ प्रदान गरेको हो ।

यस्तो रेटिङ प्राप्त संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।

रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।

कम्पनीको १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी छ ।

साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरेकी छिन् ।

अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अब आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिई स्वीकृतीपछि मात्र सर्वसाधारणमा आईपीओ जारी हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी ५ करोड ४६ लाख पुग्नेछ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ४ लाख ५२ हजार नाफा कमाएको छ । कम्पनीले जगेडामा ११ करोड ९२ लाख १३ हजार सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ श्रावण २०७८, आइतबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।