मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
माइक्रोफाइनान्सको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४५.५१ प्रतिशत बढी हो ।
चौथो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले १० अर्ब ५ करोड ६७ लाख रुपैयाँ सापटी र २ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६४ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ९० करोड १० लाख र माइक्रोफाइनान्सको सञ्चालन नाफा ५९ करोड ५ लाख रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप ५२.३५ प्रतिशत, सापटी १५४.९४ प्रतिशत, कर्जा १३६.४० प्रतिशत, खुद ब्याज आम्दानी ७२.४६ प्रतिशत, सञ्चालन नाफा १०२.५२ प्रतिशत, र जगेडा कोषको आकार २०१.९७ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा माइक्रोफाइनान्सको निष्क्रिय कर्जा ०.१३ प्रतिशतविन्दु बढेर ३.६८ प्रतिशत पुगेको छ। जसका कारण माइक्रोफाइनान्सले सम्भावित जोखिम बापतको व्यवस्थामा अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १५ करोड रुपैयाँ बढी अर्थात १७ करोढ ५५ लाख रकम छुट्याएको छ ।
असार मसान्तसम्ममा माइक्रोफाइनान्सले ११ करोड ५१ लाख रुपैयाँ खराब कर्जा संकलन गर्न सफल भएको छ । यसका कारण माइक्रोफाइनान्सको खुद प्रोभिजनको वावजुत नाफा बढ्न पुगेको हो ।
एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६३ करोड १२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षको तुलनामा माइक्रोफाइनान्सको जगेडा कोष ४२ करोड रुपैयाँ बढेको हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा लघुवित्तको प्रतिशेयर आम्दानी २६.५१ रुपैयाँ बढेको हो । सो अवधिसम्ममा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ४४.७२ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६३.१२ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात ३४.५७ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया