सिभिल लघुवित्तको उम्दो प्रगति, नाफा कति ?

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को प्रगति उम्दो देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा लघुवित्तको अधिकांश सूचकमा उछाल आएको छ ।

गत आवमा लघुवित्तले खुद नाफा ४७४.५६ प्रतिशतवृद्धि गरेर ६ करोड ५४ लाख ७१ ह्जार रुपैयाँ कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड १३ लाख ९५ हजार थियो ।

चौथो त्रैमासको अन्त्यसम्ममा माइक्रोफाइनान्सले ६२ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ६३ करोड १ लाख रुपैयाँ सापटी गरी २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १७ करोड ४० लाख र माइक्रोफाइनान्सको सञ्चालन नाफा ९ करोड ४६ लाख रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत, निक्षेप ५४.२३ प्रतिशत, सापटी ९५.६६ प्रतिशत, कर्जा ९३.५८ प्रतिशत, खुद ब्याज आम्दानी ८०.५९ प्रतिशत, सञ्चालन नाफा ४५८.०८ प्रतिशत र जगेडा कोषको आकार ४५८.६५ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्तको खराब कर्जा घटेर १.७५ प्रतिशत मात्र छ । लघुवित्तको निष्क्रिय कर्जा २.५६ प्रतिशतबाट ०.८१ बिन्दुले घटेको हो ।

लघुवित्तको प्रतिशेयर आम्दानी बढेर २७.०४ रुपैयाँ पुगेको छ। अघिल्लो आवको तुलनामा २०.९२ रुपैयाँ इपिएस बढेको हो । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४९.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।

लघुवित्तको जगेडा कोषमा १३ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा २ करोड ३९ लाख मात्र थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  ०६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।