ग्लोबल आइएमई लघुवित्त प्रतिशेयर आम्दानी ५३ रुपैयाँ माथि, नाफा र जगेडा कोषमा उच्च सुधार

0
Shares


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) को नाफा गत आर्थिक वर्ष २०७७।७८ मा २८३ प्रतिशतले बढेको छ ।
अघिल्लो आवमा ५ करोड ९४ लाख नाफा कमाएको लघुवित्तले गत आवमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

नाफा बढेसँगै चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५३.३८ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४.७७ रुपैयाँ बढेको हो ।

चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २ अर्ब १३ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब १६ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ करोड ३१ लाख ७१ हजार र सञ्चालन नाफा ३१ करोड ३२ लाख ९४ हजार रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३०.४७ प्रतिशत, निक्षेप ६२.३४ प्रतिशत, सापटी ३३.६४ प्रतिशत, कर्जा ७७.४८ प्रतिशत, खुद ब्याज आम्दानी ७२.५१ प्रतिशत, सञ्चालन नाफा २४१.१४ प्रतिशत र जगेडा कोषको आकार ३९०.४३ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्तको खराब कर्जा ०.७२ ले बढेर २.६६ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५३.३८ गुणा छ । लघुवित्तको जगेडा कोषमा ३४ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ७ करोड ४ लाख मात्र थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।