हाइड्रोपावर र लघुवित्तमा आकर्षण, अरुण काबेलीको उच्च कारोबार

0
Shares

शेयर लगानीकर्ताको आकर्षण सोमबार पनि हाइड्रोपावर र लघुवित्तको शेयरमा देखिएको छ । उच्च आकर्षणले धेरै शेयर कारोबार गर्ने कम्पनीको सूचीमा दशमध्ये सातवटा हाइड्रोका कम्पनी रहेका छन् भने शेयरमूल्य बढ्ने कम्पनीको सूचीमा पनि तीन यसै समुहका कम्पनी रहेका छन् ।

हाइड्रोपावरपछि लघुवित्तको शेयरमूल्य उच्च बढ्नेमा अगाडि देखिएको छ । शीर्ष शेयरमूल्य बढेका दशमध्ये पाँच लघुवित्त रहेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त र हाइड्रोपावरको नाफामा आकर्षक सुधार भएसँगै सो कम्पनीको शेयर खरीद बिक्री अग्र स्थानमा परेको छ भने मूल्य पनि सोही अनुरुप बढेको छ ।

लाभांश सिजनमा आउने गत आवको चौथो त्रैमासिक रिपोर्टले बाँड्न सक्ने लाभांश आंकलन गरी लगाानीकर्ताले आफ्नो लगानी बढाउन थालेका छन् ।

सोमबार बजार सूचक नेप्से ४.०६ अंकले बढेर ३०८५ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ०.३० अंकले बढेर ५७२ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

आज कूल २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर खरिद बिक्री हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको शेयर कारोबार भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ मध्ये ५ समुहको सूचक बढेको छ भने ८ घटेको छ ।

यस दिन गुराँस लघुवित्त र घलेम्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी फस्ट माइक्रोफाइनान्स, युनिभर्सल पावरको ९ प्रतिशत आँखुखोला हाइड्रोपावर ८ प्रतिशत तथा समृद्धि फाइनान्स, आरएसडिसी, युनियन हाइड्रोपावर, सबैको लघुवित्त र साना किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सोमबार अरूण काबेली पावरको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । कम्पनीको ३७.७५ करोडको शेयर कारोबार भएको छ । युनिभर्सल पावर, फस्र्ट माइक्रोफाइनान्स, नागरिक लगानी कोषको पनि ३० करोडभन्दा बढीको शेयर कारोबारमाअ आएको छ ।

सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरूमारिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, ङादी ग्रुप पावर, हिमाल दोलखा हाइड्रोपावर, सीनर्जी पावर र अरूण भ्याली हाइड्रोपावर रहेका छन् । दशौं ठूलो कारोबार भएको अरूण भ्यालीको २२ करोडको शेयर खरीद बिक्री भएको छ ।

लगानीकर्ताको अबको चासो मौद्रिक नीति कस्तो आउला भन्ने रहेको छ । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार वा आइतबार नीति सार्वजनिक हुने बताएका छन् । यो वर्षको मौद्रिक नीति बजारमैत्री आउने विश्वास गरिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।