स्वाबलम्बन लघुवित्तको नाफा ७४ प्रतिशतले बढ्यो, इपिएस ६५.२९ रुपैयाँ

0
Shares

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) को खुद नाफा ७३.९२ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवको यसै अवधिमा ३५ करोड ६१ लख ८५ हजार नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा बढेपनि सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम करिब ५ करोडले घटेको छ भने १४ करोड बढी पुरानो खराब कर्जा असुलीले लघुवित्तको नाफा वृद्धिमा सहयोग पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत, जगेडा कोष २८.३६ प्रतिशत, निक्षेप १४.४१ प्रतिशत, कर्जा १३.९८ प्रतिशत, खुद ब्याज आम्दानी १५.६६ प्रतिशत र सञ्चालन नाफा ४८.८९ प्रतिशत बढेको छ ।

चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १० अर्ब ६२ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ सापटी गरी १७ अर्ब ३३ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड १३ लाख र सञ्चालन नाफा ८४ करोड १७ लाख ९३ हजार रहेको छ ।

लघुवित्तको जगेडा कोषमा १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १ अर्ब ३६ करोड २५ लाख रुपैयाँ मात्र थियो ।
चुक्ता पूँजी ९४ करोड ३० लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६५.२९ रुपैयाँ छ ।

अघिल्लो आवको यसै अवधिमा ४४.९५ रहेकोमा समीक्षा अवधिमा २०.७४ रुपैयाँले ईपीएस बढेको हो । चौथो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २८५.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.२५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  ०८ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।