लक्ष्मी लघुवित्तको नाफा १९.३१ करोड, १९६ प्रतिशतले बढ्यो

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) को खुद नाफा १९६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७७।७८ को अन्त्यसम्ममा १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवको यसै अवधिमा ६ करोड ५२ लख ६५ हजार नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा बढेपनि सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम साढे ४ करोडले घटेको छ भने कोषको लागत ३ प्रतिशतभन्दा धेरै घट्दा खुद ब्याज आम्दानी सहति आम्दानीका शीर्षकहरुमा बढोत्तरी भएको छ । यसबाट लघुवित्तको प्रगतिलाई मलजल पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष १०७ प्रतिशत, निक्षेप ३६ प्रतिशत, कर्जा ४५ प्रतिशत, खुद ब्याज आम्दानी ४६ प्रतिशत र सञ्चालन नाफा १९८ प्रतिशतसम्म बढेको छ ।

चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २ अर्ब ६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ७० करोड ५६ लाख रुपैयाँ सापटी गरी ६ अर्ब १६ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५० करोड ७७ लाख २१ हजार र सञ्चालन नाफा ३० करोड ५२ लाख ७९ हजार रहेको छ ।

लघुवित्तको जगेडा कोषमा ३६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १७ करोड ५२ लाख रुपैयाँ मात्र थियो ।

चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६०.३६ रुपैयाँ छ । अघिल्लो आवको यसै अवधिमा २०.३९ रहेकोमा समीक्षा अवधिमा ३९.९७ रुपैयाँले ईपीएस बढेको हो । चौथो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१३.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.९४ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  ०८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।