
एनआइबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डको साउन २९ गते इकाइृधनी दर्ता पुस्तिका बन्द हुने भएको छ ।
एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड–१ ले वितरण गर्ने प्रतिफलका लागि एकैदिन बुकक्लोज गर्ने भएका हुन् ।
यसअनुसार साउन २८ गतेसम्म नेप्सेमा इकाई खरीद गरी कायम रहेका लगानीकर्ताले मात्र उक्त प्रतिफल पाउनेछन् ।
आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित जगेडाबाट एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत र एनआइबिएल समृद्धि फण्ड–१ ले पनि करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया