मनकामना स्मार्ट लघुवित्तको खराब कर्जा असुलीले खुद नाफा ३ करोडले धनात्मक

0
Shares

मनकामना स्मार्ट लघुवित्त (MKLB) को नाफा गत आर्थिक वर्षमा खराब कर्जा असुलीले धनात्मक बनेको छ ।

उच्च खराब कर्जाका कारण ९४ करोड बढी सम्भावित कर्जा नोक्सानी वापत व्यवस्था गरेपछि कम्पनी ८८ करोड ६६ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको थियो । तर कम्पनीले ९३ करोड ८० लाख रुपैयाँ खराब कर्जा संकलन गर्दा लघुवित्त ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफामा पुगेको छ ।

अघिल्लो आवमा ४६ लाख ७६ हजार नाफा कमाएकोमा लघुवित्तको नाफा २ करोड ७४ लाख रुपैयाँले बढेको हो ।

चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रूपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १९.७५ ले बढेर २६.६० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१.१५ रुपैयाँ छ । कम्पनीले हालै मात्र सर्वसाधारणमा आइपीओ जारी धितोपत्रको दोस्रो बजारमा बुधबारदेखि शेयर कारोबार सुचारु भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७७.५१, जगेडा कोषको आकार ४१०.३३ प्रतिशत, निक्षेप १२४.६८ प्रतिशत, सापटी १३८.४१ प्रतिशत, कर्जा लगानी विस्तार १००.६७ प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ११८.५३ प्रतिशतले बढाएको छ ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तले ३२ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन, ६७ करोड ६ लाख सापटी लिएर ९७ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ८ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्दा कम्पनी ८८ करोड ६६ लाख सञ्चालन नोक्सानीमा छ ।

संस्थाको जगेडा कोषमा ३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ७३ लाख ९५ हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।