निजी क्षेत्रका संस्थाहरु बीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक: चेम्बर अध्यक्ष मल्ल

0
Shares

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था वीच एकताको आवश्यकता रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्वर भवनमा आयोजित स्वागत कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए ।

उक्त अवसरमा अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेका बताउँदै अर्थतन्त्रलाइ पुनस्र्थापित गर्नका लागि खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरु बीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको औल्याए ।

उनले खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण भएपनि कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समय सम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परेको बताए ।

अध्यक्ष मल्लले निजी क्षेत्रसँग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्बोधन हुन नसकेकाले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था बीच एकताको आवश्यकता रहेको बताए ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि धन्यवाद व्यक्त दिँदै सम्मान कार्यक्रमले एकताको सन्देश दिएको बताए ।

विगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु धेरै प्रभावकारी भएको सीएनआईका अध्यक्ष अग्रवालले बताए । उनले विभिन्न व्यवसायहरु बीच मतमतान्तर हुनु स्वाभाविक भएपनि हामी मुलुकको आर्थिक विकासको सवालमा एउटै मत रहेको बताए ।

निजी क्षेत्र प्रतिको नकारात्मक धारणालाई मेटाउन आजको आवश्यकता रहेकोले यसका लागि हामी एक जुट भएर अगाडि बढ्नु पर्ने बेला आएको अग्रवालको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।