मध्य भोटेकोशीको आईपीओ ओभर सब्सक्राइब, हालसम्म कति पर्यो आवेदन ?

0
Shares

मध्यभोटेकोशी जलविद्युत आयोजनाको शेयरमा बुधबारसम्म आयोजना प्रभावित र जिल्लाबासी दुबैतर्फ मागभन्दा बढीको आवेदन परेको छ । यसअघि साउन १७ गतेभित्र आयोजना प्रभावित क्षेत्रबाट कम आवेदन परेपछि समय बढाइएकोमा बुधबारसम्म दुबैतर्फ ओभर सब्सक्राइब भएको हो ।

मध्य भोटेकोशीको स्थानीयमा जारी आईपीओमा साउन २० गते बुधबारसम्म कुल ७२ हजार ४५५ वटा आवदन परेको छ ।

जसमध्ये आयोजना प्रभावितहरुबाट ७ हजार ४३१ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ६५ हजार २४ वटा आवेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबारसम्म कुल १ अर्ब ५२ करोड ९० लाख ३५ हजार ९०० रुपैयाँ बराबरको १ करोड ५२ लाख ९० हजार ३५९ कित्ता शेयरका लागि आवेदन दिएका छन् । भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) र आस्वा प्रणालीबाट उल्लेखित संख्यामा शेयर माग भएको हो ।

जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट ७ हजार ४३१ वटा आवेदनबाट १८ लाख ८७ हजार ९११ कित्ता शेयर माग भएको छ । यो आयोजना प्रभावितका लागि जारी शेयरभन्दा ८७ हजार ९११ कित्ता बढी माग हो । सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि स्थानीयमा जारी ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो ।

यसैगरी सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि कुल निष्काशित ६० लाख कित्ता मध्ये ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर निष्काशन गरिएको छ । यो क्षेत्रका ६५ हजार २४ आवेदकले १ करोड ३४ लाख २ हजार ४४८ कित्ता शेयर माग गरेका छन् । यो सो क्षेत्रका बासिन्दाका लागि निष्काशन भएको शेयर ९२ लाख २ हजार ४४८ कित्ताले ओभर सब्स्क्राइब भएको हो ।

छोटो समयभित्र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट उच्च माग आएपनि आयोजना प्रभावितलाई छुटटाएको मध्ये आधा धेरै शेयर बिक्री हुन बाँकी रहेपछि साउन १७ गते आइतबार आवेदन दिने अन्तिम म्याद रहेको समय थप गरेर साउन ३२ गतेसम्म बिक्री प्रबन्धकले आइपीओमा आवेदन गर्ने समय थप गरेको थियो ।

Madhya Bhotekoshi Jalavidyut Co. Ltd IPO Update Till 2078.4.20 Project Affected Area-Sindhupalchwok District (30%) Others-Sindhupalchwok District (70%) Total 
Particulars No.of Application
 No.of share  Amount (RS)
 No.of Application 
 No.of share 
 Amount (RS)
 No.of Application   No.of share  Amount (RS)
  (A) (B)  ( C)  (D)  (E) (F)  G = (A+D)  (H)=(B+E)  (I)=(C+F) 
ASBA Collection  2,596 6,83,440 6,83,44,000 29,015 60,97,635 60,97,63,500 31,611 67,81,075 67,81,07,500
Physical application from collection centers 4,835 12,04,471 12,04,47,100 36,009 73,04,813 73,04,81,300 40,844 85,09,284 85,09,28,400
Total Collection  7,431 18,87,911 18,87,91,100 65,024 1,34,02,448 1,34,02,44,800 72,455 1,52,90,359 15,29,03,590

कम्पनीको आयोजना प्रभावित र समग्र सिन्धुपाल्चोकबासीलाई ६० लाख कित्ता शेयर निष्काशन गरिरहेको छ । आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । स्थानीय र आयोजना प्रभावितलाई ६० लाख कित्ता शेयर निष्काशन गरि सकेपछि सर्वसाधारणका लागि ९० लाख कित्ता शेयर निष्काशन हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ श्रावण २०७८, बिहिबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।